Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

आव २०८०/८१ मा ३६ आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान


काठमाडाैं । सरकारले सार्वजनिक गरेकाे आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म ९५ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। २०७९ असारसम्म ९४ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको थियो। यसैगरी, प्रतिव्यक्ति विद्युत खपत ३२५ किलोवाट घण्टाबाट ३५१ किलोवाट घण्टा पुगेको छ ।

हालसम्म कुल जडित विद्युत क्षमता २०७९ असारको तुलनामा २१.७ प्रतिशतले वृद्धि भर्इ २ हजार ७६६ मेगावाट पुगेको छ। २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २ हजार १९० मेगावाट रहेको थियो।

जलविद्युतबाट २ हजार ४४९ मेगावाट, सौर्य प्लान्टबाट ७५.0४ मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ मेगावाट र चिनी मिलबाट सह-उत्पादन प्रविधि मार्फत् ६ मेगावाट विद्युत उत्पादन भएको छ। त्यसैगरी, नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्‍चालित विद्युत परियोजनाबाट ६६१ मेगावाट, विद्युत प्राधिकरणको सहायक कम्पनी मार्फत ४७८ मेगावाट र निजी क्षेत्रबाट सञ्‍चालित विद्युत परियोजनाबाट १ हजार ५२७ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जडान भएको छ।

सामुदायिक संस्था बाहेक विद्युत उपयोग गर्ने ग्राहकको सङ्ख्या २०७९ फागुनसम्म ५२ लाख २० हजार पुगेको छ। २०७९ असारसम्म यस्तो सङ्ख्या ५० लाख ६२ हजार रहेको थियो। सामुदायिक संस्था अन्तर्गत विद्युत उपयोग गर्ने ग्राहकको सङ्ख्या करिव ५ लाख ५० हजार रहेको छ।

२०७९ फागुनसम्म राष्ट्रिय प्रसारण लाइन (६६ के.भी. र सो भन्दा माथि) ५ हजार ६६९ सर्किट किलोमिटर पुगेको छ। साथै, वितरण लाइन (३३ के.भी. र सो भन्दा कम) १ लाख ३६ हजार ५९५ सर्किट किलोमिटर पुगेको छ। २०७९ असारसम्म प्रसारण लाइन (६६ के.भी. र सो भन्दा माथि) ४ हजार ५७३ सर्किट किलोमिटर तथा वितरण लाइन १ लाख २३ हजार ५५७ सर्किट किलोमिटर रहेको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत आयात भएको छ भने १ हजार ५३ गिगावाट घण्टा बराबरको विद्युत निर्यात भएको छ। आर्थिक वर्ष २०७९/८० मा विद्युतको माग पूर्तिको लागि भारतबाट कुल १ हजार ५४३ गिगावाटघण्टा विद्युत आयात र ४९३ गिगावाट घण्टा विद्युत निर्यात भएको थियो।

आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ५७ विद्युत आयोजनाहरू सम्पन्न भई कुल ८११ मेगावाट थप जलविद्युत उत्पादन हुनेछ। आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने ३६ आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान छ।

२०७९ फागुनसम्म प्रसारणतर्फका ४ र वितरणतर्फका ३ गरी ७ सव-स्टेशन निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएका छन्। त्यसैगरी,१३२ के.भी.का विभिन्न प्रसारण लाइनका १०५ सर्किट किलोमिटर विस्तार भएको छ। ग्रिड सव-स्टेशनको क्षमता ७ हजार १४९ एम.भि.ए. बाट ८ हजार ६४ एम.भि.ए. पुगेको छ।

आर्थिक वर्ष २०७९/८० फागुनसम्म निजी क्षेत्रका जलविद्युत कम्पनीलाई थप ९८८.७२ मेगावाट जडित क्षमता बराबरको जम्मा १७ जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्भेक्षण अनुमतिपत्र जारी भएको छ। हालसम्म २३५ आयोजनाको ८ हजार ६६७ मेगावाट जडित क्षमता बराबर विद्युत उत्पादनको सर्भेक्षण अनुमतिपत्र जारी भएको छ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म ५ हजार ७७२ गिगावाट घण्टा बराबर विद्युत खपत भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ हजार ७८९ गिगावाट घण्टा बराबर विद्युत खपत भएको छ। आर्थिक वर्ष २०७८/७९ मा यस्तो खपत ९ हजार ३१७ गिगावाट घण्टा रहेको थियो।

आर्थिक वर्ष २०७९/८० को फागुनसम्म गार्हस्थ्य, औद्योगिक, व्यापारिक, निर्यात र अन्य क्षेत्रमा विद्युत खपत क्रमशः ३६.६ प्रतिशत, ३०.७ प्रतिशत, ६.७ प्रतिशत, १५.९ प्रतिशत र १०.१ प्रतिशत रहेको छ।


Read Previous

यस्तो छ भौतिक पूर्वाधार मन्त्रालयका मूख्य परियोजनाको प्रगति

Read Next

सिडेनमा केसीकाे नेतृत्वमा नयाँ कार्यसमिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *