Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

सम्पन्न भएका कामकाे भुक्तानी चाँडै उपलब्ध गराउने सरकारकाे तयारी


काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ वर्तमान सरकारको ध्यान केन्द्रित भएको बताएका छन् । उनले अर्थतन्त्र सजिलो अवस्थमा नरहेपनि आत्तिनुपर्ने अवस्था भने नरहेको प्रष्ट पारे । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभाको राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिलाई सरकारले उच्च महत्व दिएको बताए ।

भौतिक पूर्वाधारको विकास विस्तार गर्ने निर्माण व्यवसायीहरू नै समृद्धिको वाहक भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले व्यवसायीहरूका जायज मागलाई सम्बोधन गरिने प्रतिबद्धता जनाए ।  व्यवसायीहरूको अरबौं भुक्तानी रोकिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यो समस्या समाधानका लागि पहल भइरहेको सङ्केत गरे । ‘निर्माण उद्योगसँग सम्बन्धित् ऐन नियम संशोधन गर्दा अब अनिवार्य रुपमा निर्माण व्यवसायीहरूसँग परामर्श गरिनेछ ’ प्रचण्डले भने । उनले निर्माण व्यवसायीहरूलाई पनि आफ्ना गल्ती कमजोरी महसुस गर्दैै अघि बढ्न ध्यानाकर्षण गराए ।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यवसायीहरूसँग ‘मिलोमतो’ होइन मिलेर अघि बढ्नुपर्नेमा जाेड दिए । उद्योगका समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि नीतिगत रुपमा नै पहल भइरहेको बताए । पुँजीगत खर्च बढाउँदै व्यापार घाटा कम गर्नु अहिलको मुख्य आवश्यकता भएको उनको भनाइ थियो ।

सांसद गंगा कार्कीले अर्थतन्त्र कमजोर हुँदा निर्माण उद्योग मारमा परेको बताए । पूर्व सांसद एवं महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले राजनीतिक अस्थिरताको मार निर्माण उद्योगले भोगेको उल्लेख गरे ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको मागका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जायज माग पूरा नभएको आन्दोलनमा जानुको विकल्प नभएको बताए । व्यवसायीहरूको अरबौं भुक्तानी रोकिएको, ऐन कानून अनुसार पाउनु पर्ने मोबिलाइजेशन पेश्की व्यवसायीहरूले नपाएको, काम गर्ने वातावरण नभएको लगायतका विषयमा अध्यक्ष सिंहले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनु भएको थियो ।

महासंघका पूर्व अध्ययक्षहरू सुकुन्तलाल हिराचन, जयराम लामिछाने लगायतले व्यवसायीहरू सफल भएमा मात्र राज्य सफल हुने भन्दै चाहेर पनि निर्माण व्यवसायीहरूले काम गर्ने अवस्था नरहेको बताए ।  कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष रोजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल लगायतले राजश्व संकलनमा कमी आउँदा अर्थतन्त्र धराशायी भएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले महासंघको मुखपत्र ‘निर्माण विशेषाङ्क’ को विमोचन गर्दै अग्रज निर्माण व्यवसायीहरू हरिप्रसाद पाण्डे, देवकृष्ण मानन्धर, प्रताप तामाङ र आइपी प्रधानलाई सम्मान गर्नु भएको थियो ।

सोही अवसरमा, महासंघका महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष मोहनप्रकाश आचार्य र निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङले निर्माण व्यवसायीहरूका समस्या बारे चर्चा गरे ।


Read Previous

निर्माण ठेक्का लिनुपूर्व व्यवसायीको क्षमता, जनशक्ति र गुणस्तरकाे अध्ययन आवश्यक

Read Next

केयुले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ अध्यापन गराउने  

Leave a Reply

Your email address will not be published.