Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दरबारमार्गबाट डेडिकेटेड पार्किङ हटाइएपछि व्यवसायी आन्दोलित


काठमाडौं । दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले ट्राफिक समस्या नै नभएको क्षेत्रमा काठमाडौं महानगरपालिकाले पार्किङ हटाएर मनोमानी गरेको टिप्पणी गरेका छन् । डेडिकेटेड पार्किङ लेनमा सवारीसाधान पार्किङ निषेध गरेर महानगरले काठमाडौंको व्यापारिक तथा पर्यटकीय गन्तव्यमाथि प्रहार गरेको उनीहरुको भनाइ छ ।

दरवारमार्ग विकास बोर्डले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष सञ्जीव तुलाधरले पार्किङ हटाउने महानगरको निर्णयले व्यवसायमा ५० प्रतिशत गिरावट आएको उल्लेख गर्दै व्यवसाय नै बन्द गरेर सडकमा ओर्लनुपर्ने अवस्था सिर्जना भएको बताए ।

अध्यक्ष तुलाधरले दरवारमार्गमा कुनै ट्राफिक जामको समस्या आफूहरुले कहिल्यै भोग्नु नपरेको उल्लेख गर्दै स्थानीय व्यवसायी र ट्राफिक प्रहरी मिलेर एक लेन पार्किङसहित चुस्त व्यवस्थापन गर्दै आए पनि महानगरलाई सह्य नभएकोमा आफूहरु आश्चर्यचकित र स्तब्ध भएको बताए ।

बोर्डका निवर्तमान अध्यक्ष गोपालसुन्दर लाल कक्षपतिले भने ७० फिट चौडाइको सडकलाई बोर्ड स्थापनापछि पाँच लेनमा विभाजन गरी ट्राफिक प्रहरीकै संलग्नतामा एक लेन पार्किङका लागि डिजाइन गरिएको बताए । ‘हामीले पहिले निशुल्क पार्किङको व्यवस्था ग¥यौं तर महानगरले स्मार्ट पार्किङका नाउँमा घन्टाको ८० रुपैयाँ असुल्न थाल्यो,’ उनी भन्छन्, ‘हामीले प्रतिघन्टा ४० रुपैयाँ कायम गर्न धेरै आग्रह गर्दा पनि सुनुवाई भएन, अहिले त पार्किङ नै हटाइयो ।’

पार्किङ पुनस्र्थापनाका लागि आग्रह गर्न आफूहरुले मेयर बालेन शाहलाई पटकपटक भेट्न खोजे पनि मेयरले समय नदिएको उनको भनाइ छ । ‘महानगरले एकतर्फी निर्णय ग¥यो तर यसको मूल्य हामीले मात्र हैन सरकारले पनि चुकाउने अवस्था आएको छ,’ उनी भन्छन्, ‘हाम्रो दिनहुँ दशौं करोडमा हुने व्याापार आधा घटिसकेको, यसले सरकारको राजस्वमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ ।’

दरबारमार्गसँग आर्थिक र पर्यटकीयसँगै सामाजिक मान्यता पनि जोडिएको व्यवसायीहरु बताउँछन् । काठमाडौं आएपछि एकपटक दरवारमार्ग जानैपर्छ भन्ने मान्यता आम नेपालीमा रहेको उल्लेख गर्दै नेपालको ‘डाउनटाउन’ दरवारमार्गको शाख महानगरका कारण गिर्ने अवस्थामा पुगेको कक्षपति बताउँछन् ।

व्यवसायीहरुले पार्किङ अविलम्ब पुनस्र्थापनाको माग गर्दै अन्यथा चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । हाल दरबारमार्ग क्षेत्रमा ब्यानर टाँसी विरोध गरिएको र आवश्यक परे व्यवसाय नै बन्द गर्ने पूर्वअध्यक्ष कक्षपतिले बताए ।


Read Previous

आर्थिक गतिविधि चलायमान बनाउन चेम्बरको आग्रह

Read Next

उद्यमीका समस्या तत्काल समाधान गर्न महासंघको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *