Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

लक्ष्य अगावै ल्याउन अरुण-३ आयोजना एक वर्षभित्र सम्पन्न गर्न निर्देशन


काठमाडौं । सतलज जलविद्युत निगम (एसजेभिएन) का अध्यक्ष एवं कार्यकारी निर्देशक नन्दलाल शर्माले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण–३ जलविद्युत आयोजना अबको १ वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । शर्माले स्थलगत भ्रमण गरी सन् २०२३ को डिसेम्बरभित्र निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

अहिलेसम्मको भौतिक प्रगति राम्रो भइरहेको बताउँदै उनले लागत र समय नबढ्ने गरी आउने वर्षको डिसेम्बरसम्ममा विद्युत उत्पादनको चरणमा आयोजना पुर्याउन ठेकेदार, परामर्शदाता, कर्मचारी एवं कामदार सबैलाई एकजुट भएर लाग्न आग्रह गरे । ‘हामीले आयोजनाको निर्माण गति बढाएनौं भने  लागत र समय दुवै बढ्छ,’ शर्माले भने, ‘निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्न आयोजनामा जोडिएका सबैले कडा मेहेनत गरी निर्माणलाई तीव्रता दिनुपर्छ ’

एसिया महाद्विपको केही देशमा कोभिड–१९ संक्रमण तीव्रगतिमा फैलिरहेकाले सुरक्षा मापदण्ड अपनाएर आयोजनाको काममा खटिन पनि कर्मचारी तथा ठेकेदार कम्पनीका प्रतिनिधिलाई उनले आग्रह गरे । भ्रमणका क्रममा शर्माले आयोजनाको निर्माणाधीन बाँध, मुख्य सुरुङ, सर्ज साफ्ट तथा विद्युतगृहको निरीक्षण गरे । उनले विभिन्न प्याकेजको ठेक्का पाएका ठेकेदार कम्पनीका प्रतिनिधिसँग पनि छलफल गरी निर्माण गति तीव्र पार्न भने ।

एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको आयोजना ६५ प्रतिशत बढी सम्पन्न भइसकेको छ । सन् २०२५ भित्र आयोजना निर्माण सम्पन्न गर्ने तालिका भएपनि त्यसअघि नै पूरा गर्न कम्पनी लागि परेको छ । अहिलेसम्मको निर्माणको अवस्थाले पनि तोकिएको तालिकाभन्दा अगावै आयोजना सम्पन्न गर्न सकिने अवस्था रहेको कम्पनीको दाबी छ ।

यो आयोजना भारतमा विद्युत निर्यात गर्ने उद्देश्यले निर्माण भइरहेको छ । भारत सरकारको प्रत्यक्ष लगानीमा निर्माण भइरहेको आयोजनाको विद्युत भारतीय बजारसम्म पुर्याउन ४०० केभी उच्च क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम पनि अहिले भइरहेको कम्पनीले जनाएको छ ।

एसजेभिएनले अरुण नदी वेसिनमा अरुण–३ सहित ६६९ मेगावाटको तल्लो अरुण तथा ४९० मेगावाटको अरुण–४ जलविद्युत आयोजना निर्माण गर्दैछ । तल्लो अरुण एक्लैले तथा अरुण–४ नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा संयुक्त कम्पनीमार्फत निर्माण गर्दैछ ।

निर्माणाधीन आयोजनामा ७० प्रतिशत कामदार नेपाली छन् । यो नै नेपालमा वैदेशिक लगानीमा निर्माण भइरहेको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो ।  जलविद्युत आयोजना तथा भारतीय बजारसम्म विद्युत प्रवाह गरिने प्रसारण लाइन निर्माण गर्दा १.६ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ ।

एसजेभिएनसँग निर्माण सम्पन्न भइसकेका, निर्माणाधीन र अब निर्माणमा जाने गरी ४२ हजार मेगावाट बढीका विद्युत आयोजना छन् । सन् २०२३ भित्र विद्युत उत्पादन ५ हजार मेगावाट र सन् २०४० भित्र ५० हजार मेगावाट पुर्याउने एसजेभिएनको लक्ष्य छ ।


Read Previous

तनहुँमा साढे ३ हजार घरधुरीमा खानेपानी विस्तार

Read Next

जलविद्युतकाे ‘हब’ बन्दै कालीकोट, साढे १५ सय मेगावाटका आयोजना निर्माणमा

Leave a Reply

Your email address will not be published.