Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

भरतपुर महानगरले मत्स्य फार्मलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने


काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले मत्स्य फार्म सञ्चालन गर्ने व्यवसायीलाई व्यवसायीलाई विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आर्थिक वर्ष २०७९/८० को स्वीकृत पशु सेवा विकास कार्यक्रम अन्तर्गत हाल सञ्चालनमा रहेका मत्स्य फार्मले खपत गर्ने विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिन लागेको हो ।

महानगरले मत्स्य पालन गर्ने व्यवसायीलाई विद्युत महसुलमा अनुदान सुविधा लिनका लागि आवेदन पेश गर्न आग्रह गरेको छ । महानगरले २०८० साल असार १५ गतेभित्र प्राप्त हुने गरी सम्बन्धित मत्स्य पालक व्यवसायीसँग आवेदन माग गरेको हो ।

विद्युत महसुलमा आधा अनुदान सुविधा लिन चाहाने मत्स्य पालक व्यवसायीले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने महानगरले जनाएको छ । महानगरले सेवा लिन योग्य व्यवसायीका लागि ६ वटा मापदण्ड तोकेको छ ।

महानगरका अनुसार विद्युत महसुल छुट लिने व्यवसायीले मिटर मत्स्य फार्मको नाममा जडान गरी पोखरीमा पानी भर्ने कार्यका लागि मात्रै उपयोग भएको हुनुपर्नेछ । यस्तै, नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल तिरेको रसिद पेश गर्नुपर्ने सर्त पनि महानगरले राखेको छ ।

विद्युत महसुलमा कुनै हर्जना लागेको हकमा भने त्यस बापतको रकम नव्यहोर्ने महानगरले स्पष्ट पारेको छ । यसअघि अन्य निकायबाट विद्युत महसुलमा अनुदान सुविधा लिइरहेका व्यवसायीको हकमा हकमा भने ती व्यवसायीले यो सुविधा पाउने छैनन् ।

सबै प्रक्रिया पूरा भएपछि विद्युत प्राधिकरणलाई तिरेको महसुलको ५० प्रतिशत रकम महानगरले व्यवसायीलाई भुक्तान गर्नेछ । योग्य मत्स्य फार्मलाई चौमासिक वा एकै पटक विद्युत महसुल अनुदानको सबै रकम बैंक खातामा भुक्तान गर्ने महानगरले जनाएको छ ।


Read Previous

झोलुङ्गे पुलले छोट्यायाे परेवाडाँडा र चिन्तुटारकाे दूरी   

Read Next

विद्युत प्राधिकरणले ३ महिनामा कमायाे साढे ८ अर्ब नाफा

Leave a Reply

Your email address will not be published.