Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नेपाल हरित हाइड्रोजन सम्मेलन सुरु


काठमाडौं । नेपाल हरित हाइड्रोजन सम्मेलन सोमबारदेखि राजधानीमा सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक यो सम्मेलन आयोजना गरिएको हो । अर्थमन्त्रालय, ऊर्जा मन्त्रालय एमआईटी ग्रुप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन लगायतको संयुक्त आयोजनामा भएको सम्मेलन राजधानीमा मंगलाबारसम्म चल्नेछ ।

आयोजकले समिटले दिगो विकास लक्ष्यहरु हासिल गर्न मद्दत गर्ने , हरित तथा जलवायूमैत्री हरित हाइड्रोजन योजनालाई प्रथामिकतामा राख्न सहयोग पुर्याउने अपेक्षा राखेको छ । त्यसैगरी ऊर्जाको सहज प्रसारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने बताइएको छ । सम्मेलनमा उद्घाटन सत्रमा समेत अधिकांश वक्ताले हाइड्रोजनको विकासका लागि सरकारले नीति र योजनासँगै स्पष्ट मार्गचित्र निर्माण गर्नुपर्ने बताएका थिए ।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले सम्मेलनको उद्घाटन गर्दै वर्षा याममा उत्पादित विद्युत खेर जाने र हिउँदको समयमा उत्पादन कम भई आयात गर्नुपर्ने अवस्थालाई समाधान गर्न हाइड्रोजन ऊर्जाको उत्पादन उपयुक्त विकल्प हुने बताइन । ‘हामीले हाइड्रोजन र युरिया मल उत्पादन गर्ने प्लान्टहरु स्थापना गरी तत्कालका लागि वर्षामा खेर जाने विद्युतको खपत गर्न सक्छौँ भने भविष्यमा नेपालमा उत्पादन हुने जलविद्युतको अधिकतम उपयोग गरी विद्युत निर्यातमा हुने समस्याको समाधान समेत गर्न सकिन्छ ।’, उनले भनिन् ।

भविष्यमा हाइड्रोजनका रुपमा विद्युत निर्यात गर्न सकिने सम्भावना देखिएको बताउँदै उनले प्रविधिको विकासँगै आगामी दिनमा जलविद्युत आयोजनाहरुसँगै त्यही पानी प्रयोग गरी हाइड्रोजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्ने र हाइड्रोजनका रुपमा विद्युतलाई निर्यात गर्ने अवस्था सिर्जना हुने बताइन । तत्कालका लागि यस्तो प्रविधि आर्थिकरुपमा महङ्गो भए पनि भविष्यमा यसले प्रशारण लाइनको जटिलतालाई समेत समाधान गर्ने गर्ने भएकोले यसका लागि नेपाल तयार हुनुपर्ने बताइन ।

उनका अनुसार, मन्त्रालयले कार्यदल गठन गरी जलविद्युतको प्रयोगबाट हाइड्रोजन र रासायनिक मल उत्पादनको पूर्व सम्भाव्यता अध्ययनसमेत गरीसकेको छ ।

एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष शेष घलेले नेपालमा ४२ हजार मेगावाटभन्दा धेरै बिजुली उत्पादन गर्ने क्षमता भएकाले पनि नेपाल ग्रिन हाइड्रोजनमा जान उपयुक्त हुने बताए । ‘अहिले नेपालमा करिव २२ सयभन्दा धेरै मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । त्यसैले पनि नेपाल ग्रीन हाइड्रोजन उत्पादन गर्ने क्षमता भएकाले पनि हामीले यसको पहल कदमी गर्न लागिरहेका छौं,’ उनले भने‘सम्मेलनले नेपालमा ग्रीन हाइड्रोजनको सम्भावना र आर्थिक रुपले सम्भव छ कि छैन लगायतका पक्षमा गहन छलफल गरिनेछ ।’

एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष घलेले नेपालमा हरित हाइड्रोजनको प्रचुर सम्भाव्यता रहेकाले सरकारी र निजी क्षेत्र दूवै सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । ‘नेपाल जलवायू परिवर्तनको कारणले पनि धेरै जोखिमयुक्त स्थानमा रहेको छ,’ उनले भने ‘प्राकृतिक स्रोतसाधनलाई जोगाउन पनि यसमा जानु उपयुक्त हुनेछ ।’ अध्यक्ष घलेले यो सम्मेलनले नेपालमा हरित हाइड्रोजनको सम्भाव्यता र चुनौतीको विषयमा नीतिगत मार्गदर्शन गर्नका लागि उपयुक्त मञ्च प्रदान गर्ने अपेक्षा राखेको बताए ।‘ दिगो विकासको लक्ष्य प्राप्तिका लागि हरित हाइड्रोजनमा जानुको विकल्प छैन,’ उनले भने‘ऊर्जा रुपान्तरणका लागि पनि यसको आवश्यकता झनै छ ।’

काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले नेपालमा कार्बन उत्सर्जन र ऊर्जामा आत्मनिर्भर हुनुका लागि पनि हरित हाइड्रोजनमा जानुको विकल्प नभएको बताए ।‘ नेपालमा कार्बन उत्सर्जन र ऊर्जामा आत्मनिर्भर हुनका लागि पनि हरित हाइड्रोजनमा जानुपर्ने आवश्यकता भइसकेको छ,’ उनले भने‘  हरित हाइड्रोजनसँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्था भएको खण्डमा यसको विकासमा टेवा पुग्ने थियो ।’

समिटमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सरकारले हरित हाइड्रोजन प्रवद्र्धनका लागि आवश्यक नीतिगत मार्गप्रशस्त गराउनुपर्ने आवश्यकता रहेको औंल्याइन । एसियाली विकास बैंक (एडिबी) नेपालका कन्ट्री डाइरेक्टर आर्नाे कोश्वाले ग्रीन हाइड्रोजनले मुुलुकका प्राकृतिक स्रोतको समुचित ढंगले उपयोग गर्न सकिने बताए ।


Read Previous

नेपालले अमेरिकासँग गर्दैछ द्विपक्षीय हवाई सम्झौता

Read Next

अर्थमन्त्रीले भने, ‘अब बिजुली बेच्ने कुरा नसोचौं, हाइड्रोजनतिर लागौं’

Leave a Reply

Your email address will not be published.