Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

हुलाकी राजमार्ग निर्माणपछि पूराना बजार गुल्जार हुँदै


गोलबजार । सिरहा—धनुषा—सप्तरी खण्डमा करिब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएको छ । यसको अन्तिम चरणको काम भने बाँकी छ । सडक बनेसँगै सडक क्षेत्रको जग्गाको मूल्य बढेको छ ।

घनाबस्ती हुदैँ गएको यस क्षेत्रमा हुलाकी सडकलाई मधेसको लाइफलाईन मानिन्छ । कमला नदी र सिरहामा पर्ने गागनलगायत केही खोलामा पुल निर्माणको काम पूरा नहुँदा तीनटै जिल्लाका ग्रामीण क्षेत्र विकासमा पछि परेको छ । पुल बन्यो भने राजविराजबाट—सिरहा हुँदै सीधा धार्मिक महत्व बोकेको सहर जनकपुरधामसम्म सवारी सञ्चालन हुनेछ ।

हुलाकी सडक सुख्खा मौसमा धुलाम्मे र वर्षामा हिल्लाम्मे देखिने गरेकोमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण निर्माण भएको छ भने पूरानो बजार गुल्जार भएका छन् । सप्तरीमा बोदे बर्साइन बजार, डिमन, पथरगडा, अर्नाहा, चन्ही चोक, सिरहामा भगवानपुर, सोनवर्षा, बरयारपट्टी, औरही, सनहैठा, धनुषमा कमला, तीन कोरिया, लगमा, सघरा, औरही, भेल लागायतका बजार तीव्र गतिमा विकास भइरहेका छन् ।

राष्ट्रिय गौरवको आयोजना अर्न्तगतकाे हुलाकी सडकमा पर्ने पुराना बजारले काँचुली फेरेको छ । हुलाकी सडकमा पर्ने बजारको विकास भएसँगै ग्रामीण जनताको जीवनस्तर उकासिएको छ । ठूला लगानीका पसल थपिएको छ । किनमेल गर्न लहान जानुपर्ने अवस्थाको अन्त्य भएको भगवानपुर गाउँपालिकाका जयनारायण यादवले बताए । सिरहाको बरियारपट्टी बजारको स्वरुप यति बेला फेरिएको छ ।

बजारको स्वरुप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा पहिलाको भन्दा अचेल बेग्लै खालको उत्साह देखिन थालेको छ । ‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहीँभित्र साना–साना व्यवसायी मात्र थिए’ बरियारपट्टीका शंकर साहले भने, ‘तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र ठूलो लगानीका पसल खुलेका छन ।’

सप्तरीका बलान बिहँुल गाउँपालिका–२ चन्ही चोकमा १२ वर्ष अगाडि निकै सस्तोमा पाइने जग्गाको भाउ अहिले आकासिएको स्थानीयवासी रामशंकर भण्डारीले बताए । ‘सडक पूर्णरुपमा तयार भयो भने जग्गाको भाउ अझै बढ्ला’, स्थानीयवासी प्रमेश्वर दासले भने ।

यस क्षेत्रमा पुल निर्माण सम्पन्न हुने वित्तिकै सडकमा गाडी चल्न सुरु हुने तथा धनुषा, सिरहा र सप्तरीका ग्रामीण बस्तीमा आर्थिक गतिविधि बढ्ने नेरुडे लघुवित्त सनैहठा शाखामा कार्यरत हेमन्थ यादवको भनाइ छ । सरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भत्किएको एक वर्ष भन्दा बढी भइसक्दा पनि पुनःनिर्माण भएको छैन । जसका कारण अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् ।

सिरहा सदरमुकामबाट हुलाकी सडक भएर जनकपुरधाम पुग्न करिब ४५ मिनेट लाग्छ । तर, राजमार्ग भएर जनकपुरधाम पुग्न झण्डै तीन घण्टा लाग्छ । राजमार्गको दूरी लामो तथा गाडीको चाप भएकाले धेरै मानिस जोखिम मोलेरै जनकपुरधाम पुग्न हुलाकी सडक रोज्छन् ।

पुलको पूर्व सिरहा नगरपालिका र पश्चिम धनुषाको कमला नगरपालिका पर्छ । कमला नदीमा चार सय ७० मिटर लम्बाइ र ११ मिटर चौडाइ पुल निर्माणका लागि २०६८ मै पप्पु लुम्बिनी विल्डर्सले रु २४ करोड ९१ लाखमा ठेक्का लिएको थियो । केही काम गरी पप्पुले काम नगरेपछि सम्झौता रद्द गरी २०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनलाई जिम्मा दिइयो ।

एक वर्ष अगाडि असारमा पहिलो पुल हस्तान्तरण गर्ने भनी निर्माण कम्पनीले तयारी गरिरहँदा २०७८ असार १७ को सामान्य बाढीले पिलर भासियो, ढलानसमेत खस्यो । सरकारले पुल पुनःनिर्माण गर्न निर्देशन दिए पनि निर्माण व्यवसायी कम्पनीले वास्ता गरेको छैन ।

हुलाकी सडक आयोजना जनकपुरधामका प्रमुख इञ्जिनीयर कृष्णा महतोका अनुसार ठेक्का लिएकै कम्पनीले पुनः पुलःनिर्माण गर्छ ।

वर्षायाममा अर्को डिजाइन तयार पार्ने र हिउँदबाट काम सुरु गर्ने भनिएको थियो । अब काम सुरू हुन्छ ।’ यस्तै सिरहाको औरही गाउँपालिका वडा—५ गागन नदीमा हीराचन रोशन कन्ट्रक्सन प्रालि मार्फत रोशन कन्ट्रक्सनले पुल निर्माणको काम गर्दै आएको छ ।

तीन वर्षभित्र सकिने गरी २०७६ सालमा सम्झौता भएको सो पुल निर्माणको काम ढिलो हुँदा स्थानीयवासी निराश बनेका छन् ।

सिरहा सिमनामा बलान पुलदेखि कमला पुल २९.८८ किलोमिटर, सप्तरी जिल्लामा कञ्चनरुपदेखि बलान पुल ३२ किलोमिटर, धनुषा जिल्लामा कमला पुल देखि जनकपुरधाम २७ किलोमिटर हुलाकी सडक खण्ड पर्छ । (रासस)


Read Previous

नारायणगढ-मुग्लिन सडक: चार महिनामा २४ पटक पहिरो, एक सय ९ घण्टा अवरुद्ध 

Read Next

सरकारी ढुकुटी प्रयोग गरेर पूर्व पश्चिम रेलमार्ग निर्माण र पानी जहाज सञ्चालन असम्भव : पूर्वाधार मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *