Nepal Purbadhar

भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना


काठमाडौ । यामाहाको नेपालस्थित आधिकारिक वितरक एम.ए.डब्लू. राइड्सले काठमाडौँको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना सुरु गरेको छ। हिजोबाट सञ्चालित यो एक सातासम्म सञ्चालन हुने छ ।यस कार्यक्रममा पहिलो दिन हिजो यामाहाको नयाँ मोडल ‘एफजेड–एस न्यू जेन’ सार्वजनिक गरिएको थियो ।

यस वर्षको ब्लु फेस्टमा ‘एक्सचेन्ज कार्निभल’लाई विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागिता रहेको एम.ए.डब्लू. राइड्सले बताएको छ ।

। ग्राहकहरूले आफ्नो पुरानो जुनसुकै ब्रान्डको मोटरसाइकलको तत्काल (‘अन-द-स्पट’) मूल्याङ्कन गराई नयाँ यामाहा मोटरसाइकल खरिद गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

सो फेस्ट वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

पोखरामा फेवा महोत्सवको रौनक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar