Nepal Purbadhar

राजश्व चुहावट नियन्त्रणबारे अर्थ मन्त्रालयमा उच्चस्तरीय बैठक बस्दै



काठमाडौं । अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन आज उच्चस्तरीय छलफल गर्ने भएको छ।


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र गृह मन्त्रालयका सचिवहरू, राजश्व प्रशासनका उच्च अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखहरूको सहभागिता रहनेछ।


त्यसैगरी, राजश्व प्रशासनसँग सम्बन्धित अर्थ मन्त्रालयका महाशाखा र विभागका प्रमुखहरू पनि बैठकमा सहभागी हुनेछन्।
बैठकमा राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा अर्थमन्त्री वाग्लेले महत्वपूर्ण निर्देशन दिने कार्यक्रम रहेको छ।


करिब एक घण्टासम्म चल्ने छ ।


Read Previous

चितवनको दासढुंगामा रोकिराखेको तेल ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

Read Next

सुरु भयो एसईई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar