Nepal Purbadhar

जगदुल्ला–ए को १२४ मेगावाट विद्युत निकासीका लागि दुई कम्पनीबीच समझदारी



काठमाडौं । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडबीच जगदुल्ला–ए जलविद्युत आयोजना (१२४.३५ मेगावाट) बाट उत्पादित विद्युत निकासीका लागि समझदारी भएको छ।


सम्झदारीअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत ४०० केभी क्षमताको भेरी करिडोरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। यसका लागि आवश्यक प्रसारण पूर्वाधार निर्माण तथा विस्तारमा दुवै कम्पनीले सहकार्य गर्ने जनाइएको छ।

ग्रीड कम्पनीका सीइओ सागर श्रेष्ठ र जगदुल्लाका सीइओ सञ्जय सापकोटाले समझदारीमा हस्ताक्षर गरेका छ्न् ।


उक्त सहकार्यलाई नेपालको ऊर्जा प्रणाली सुदृढीकरण, विद्युत आपूर्ति प्रणालीको विश्वसनीयता अभिवृद्धि तथा दीर्घकालीन प्रसारण क्षमताको विस्तारतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

जगदुल्ला ए जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन भएको छ । जसको फानान्सियल क्लोजर गरेर निर्माणमा लैजाने तयारी छ । यो १०६ मेगावाटको जगदुल्ला आयोजनाको क्यासकेड आयोजना हो । आयोजना डोल्पामा निर्माण हुनेछ ।

ग्रीड कम्पनीले भेरी करिडोर प्रसारणलाइन निर्माणको तयारी छ । यो ७५ किमीको लाइन एक्जिम बैकको सहयोगमा निर्माण गर्न लागीएको छ । कम्पनीले अध्ययन सकेर निर्माणको तयारी गरिरहेको छ ।


Read Previous

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar