Nepal Purbadhar

बजारमा हाहाकार नहटेपछि आयल निगमले नै बाँड्न थाल्यो ग्यास


काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।


डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौँको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो । निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् । बिहान १० बजे देखि ४बजे सम्म बिक्रि वितरण हुने जानकारी दिएका छन।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

कपिलवस्तुमा पत्ता लाग्यो नेपालको पहिलो अप्सिडल बौद्ध मन्दिर

Read Next

सुनकोशी–मरिन डाइभर्सनमा निर्माण कम्पनीको माग अस्वीकार, ३ अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत गर्ने बाटो खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar