
काठमाडौं । सरकारले चारवटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्।
उनका अनुसार सुतिखोला, तामाकोशी पाँचौँ, माथिल्लो संखुवासभा तथा सेती खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको हो।
