Nepal Purbadhar

घोराही सिमेन्टले तिर्यो पहिलो किस्ताबापत १ करोड ८१ लाख, जोडियो लाइन



काठमाडौ । घोराही सिमेन्टले डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन प्रयोग गरेबापत १ करोड ८१ लाख रुपैया बक्यौता तिरेको छ ।


पहिलो किस्ता तिरे सगै उद्योगमा लाइन जोडिएको छ । लाइन काटेपछि धमाधम उद्योगीहरुले बक्यौता तिर्न थालेको प्राधिकरणले जनाएको छ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद समाधानतर्फ गएको छ । उद्योगीहरु बक्यौताको पहिलो किस्ता तिर्न तयार भएपछि विवाद समाधानतर्फ गएको हो । विवादित रकमको रुपमा उद्योगीहरुले पहिलो किस्ता तिर्न थालेका हुन् । जसलाई धरौटी मानिनेछ ।

प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा भएको छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मध्यमार्गी प्रस्ताव ल्याएका थिए । जसमा सबै सहमत भएका हुन् । महासंघले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्किको कार्यकक्षमा अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिंग, उद्योग वाणिज्य मन्त्री अनिल सिन्हा, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालबीच सोमबार भएको छलफलबाट डेडिकेटेड र ट्रकलाइन विवाद समाधानको मध्यमार्गी प्रस्ताव आएको हो ।

छलफलमा भएको प्रस्ताव अनुसार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित रकम मानि धरौटिका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोडिनेछ । उक्त धरौटि रकम बुझाएपछि उद्योगीहरु पुनरावलोकनमा जाने संगै अन्य कानुनी उपचार पनि खोज्न सक्नेछन् ।

करिब दुइ दर्जन उद्योगको डेडिकेटेड र ट्रकलाइन प्रयोग गरेवापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले २५ वटा उद्योगको लाइन काटेको थियो । अझै ६ उद्योगमा लाइन काटिएको छ । बाँकी उद्योगले बक्यौता तिर्न थालेसंगै लाइन जोडिएको छ ।


Read Previous

मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar