Nepal Purbadhar

४.२ मेगावाटको आयोजना बनाउँदै च्यादी खोला हाइड्रो,२०८५ सम्म सकिने

सांकेतिक तस्बिर


काठमाडौं । ४.२ मेगावाटको च्यादी खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

नदी प्रवाही प्रकृतिको यो जलविद्युत आयोजना गोरखा र लमजुङको अजिरकोट र लमजुङको दुधपोखरीस्थित च्यादी खोलामा निर्माण हुनेछ ।

यो च्यादी खोला प्राइभेट लिमिटेडले निर्माण गर्नेछ । कम्पनीले विस्तृत अध्ययन सकेको छ। विद्युत विकास विभागबाट निर्माण अनुमति पाउने बित्तिकै निर्माण थाल्ने योजना छ।

यस आयोजनाको मुख्य संरचनाहरु दुधपोखरी-१ च्यादी खोलाको दायाँ किनारमा रहनेछन् । विद्युत उत्पादनका लागि च्यादी खोलाको पानी फर्काउन बनाइने बाँधको लम्बाई २३ मिटर हुनेछ । हडरेस पाइपको लम्बाई १७०५ मिटर हुनेछ ।

उत्पादित बिजुली १८ किमी प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको किर्तीपुर सबस्टेसनमा जोडिनेछ ।

२०८५ सम्ममा व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।


Read Previous

चिनियाँ ईभी निर्माता हङकङमा सूचीकृत भएर उठायो१.८ अर्ब डलर

Read Next

रिलायन्स स्पिनिंग मिल्सले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar