Nepal Purbadhar

मन्त्री कुलमानले कीर्तिपुर क्रिकेट मैदानको अनुगमन गरे, एनपिएल अगाडि नै सम्पन्न गर्ने प्रतिबद्धता



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गरेका छन ।
मन्त्री घिसिङ, शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, आयोजना प्रमुख चक्रवर्ती कण्ठ सहितको टोलीले स्थलगत निरीक्षण गरी निर्माण व्यवसायी, नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलगायतसँग छलफल गरेको थियो ।


मन्त्री घिसिङले आगामी १ मङ्सिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) भन्दा अगावै रङगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए । रङ्शालाको गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव नहुने गरी रङ्शाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताउँदै उहाँले सरकार परिवर्तन हुँदैमा निर्माण प्रभावित नहुनेसमेत प्रष्ट पार्नु भयो । क्यानका सचिव पारस खड्काले हालको नेपालको संवेदनशील अवस्थामा हुन लागेको एनपिएलले देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा पनि सकारात्मक सन्देश प्रवाह हुने बताउनु भयो । उनले मैदान तयारी अवस्थामा रहेको, फ्लड लाइड जडान र प्यारापिट निर्माण कार्य एनपिएल अगाडि नै निर्माण सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।


रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । फ्लडलाईट जडान कार्यको प्रगति ६० प्रतिशत रहको छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ । ६वटा मध्ये २ वटा लाईट टावर ठड्याउने कार्य सम्पन्न भईसकेको छ । वाँकीका उपकरणहरुको आपूर्ति समेत भइसकेको छ ।


Read Previous

विद्युत प्राधिकरणलाइ जलविद्युत् आयोजना निर्माण गर्न २० अर्ब रुपैयाँको बण्ड निष्कासनको अनुमति

Read Next

कवाडखानाजस्तो देखियो जलेको संसद भवन, आन्दोलनमा आगजनी गरिएका सवारीसाधनको थुप्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar