Nepal Purbadhar

प्रधानमन्त्री सुशीला कार्की टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका शहीद परिवारलाई भेटन गइन


काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमी टीकाको दिन जेनजी आन्दोलनमा मृत्यु भएका शहीद परिवारलाई भेटेकी छिन् ।

प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन् ।

यसका साथै उनले नागर्जुन ३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेट्ने सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यसअघि नै जेनजी आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाने बताइसकेकी छन् ।तस्बिर : नेपाल फाेटाे लाइब्रेरी


Read Previous

राजधानीको चोक चोकमा जमराको व्यापार

Read Next

रोटे पिङ खेली दसैँ मनाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar