
काठमाडौ । आज बडा दशैंको सातौं दिन फुलपाती, यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरुको भीड लाग्ने गरेको छ ।

आज को दिन काठमाडौं छाडेर आफ्नो आफ्नो गन्तब्य तिर लाग्ने सवारी साधनको चापको कारण बिहानै देखि काठमाडौँका विभिन्न नाक हरु अस्तव्यस्त देखिन्छन। तस्बिरमा कोटेश्वर – जडिबुटी देखि काठमाडौँ छाडने यात्रू र गाडीको चाप
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।











