Nepal Purbadhar

हितेन्द्र शाक्यको कुलमानलाई बिफ्रिङ: मलाई अप्ठ्यारो छैन्, तपाईलाइ सफल बनाउन काम गर्छु


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले राजीनामा नदिने भएका छन् ।

आइतबार उनले ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई भेटेर आफूले राजीनामा नदिने बरु सरकारलाई सफल बनाउन सहयोग गर्ने बताएका हुन् ।

ऊर्जामन्त्री कुलमान घिसिङले हटाउने चर्चा चलिरहेको छ । आइतबार शाक्यले घिसिङलाई भेटेर प्राधिकरणको वर्तमान अवस्थाको बिफ्रिङ गर्दै सहयोग गर्ने बताएका छन् ।

हितेन्द्र देव शाक्यकका अनुसार घिसिङले के गर्नुहुन्छ भन्ने प्रश्न गरेका थिए । उक्त प्रश्नको उत्तरमा शाक्यले आफूलाई काम गर्न समस्या नभएको बताएका थिए । ‘आफ्नो कुरा राख्दै मैले काम गर्न कुनै अप्ठ्यारो छैन भनेको छु । मैले यो यो काम गर्छु भनेर बिफ्रिङ गरेको छु । मैले घिसिङ मन्त्री ज्यूलाई सफल बनाउन काम गर्ने बताएको छु । बाँकी सरकारले कस्तो निर्णय गर्छ मान्न तयार भएको बताएको छु,’ शाक्यले भने, ‘उहाँले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गर्नु भएको छ । प्राधिकरणको बोर्ड बैठक राखेर निर्णय गराउँछु । तत्काल उठाउनका लागि काम थाल्छु ।’

घिसिङले आफू प्राधिकरणबाट नहट्ने बरु घिसिङले सफल बनाउन सहयोग गर्ने बताएपछि घिसिङले हेरौला भन्ने जवाफ फर्काएका थिए ।

एक दुई दिनमा नै समय पाउने बित्तिकै सञ्चालक समितिको बैठक राख्ने तयारीमा शाक्य लागेका छन् ।

घिसिङले भने शाक्यलाई हटाउने तयारी गरेको स्रोतको दाबी छ । सरकारले दोस्रो कार्यकालको केहि महिना बाँकी छँदै घिसिङलाई बर्खास्त गरेर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । घिसिङले आफ्नो स्पिरिटमा काम गर्न नसक्ने भन्दै टिप्पणी गर्न थालेका छन् ।

घिसिङले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउन खोजेपछि सरकारले बर्खास्त गरेको हो । सोही कारण घिसिङले आफू मन्त्री हुने बित्तिकै बक्यौता उठाउने निर्णय गरेका हुन् ।

उद्योगी र प्राधिकरणबीच बक्यौता विवाद छ । बक्यौता झण्डै ३० अर्ब रुपैयाँ छ । घिसिङले बीचको अवधिको झण्डै ८ अर्ब रुपैयाँ उठाउन खोजेका हुन् । घिसिङलाई यो बक्यौता उठाउनु प्रतिष्ठाको विषय समेत छ । उनी मन्त्री भएकाले बेला उठाउन सकेनन् भने यो बक्यौता नउठ्ने निश्चित जस्तै छ ।


Read Previous

१११ अंकले बढ्यो नेप्से, कति भयो कारोबार?

Read Next

को हुन् प्राधिकरणको कार्यकारी निर्देशक बन्ने चर्चामा आएका मनोज सिलवाल ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar