Nepal Purbadhar

आन्दोलनका कारण काठमाडौंमै जले १०४२ सवारीसाधन, सबैभन्दा धेरै सडक विभागमा


काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार र आसपासका सरकारी निकायमा ४४१ वटा गाडी तथा बस जलेका छन् ।

विभिन्न सरकारी तथ्यांकको प्रारम्भिक तथ्यांक तथा सरकारको सञ्चार निकाय गोरखापत्रले अवलोकनका आधारमा तयार गरेको तथ्यांककाअनुसार ४४१ वटा गाडी तथा बसहरू जलेका छन् ।

साथै, ६०१ वटा मोटरसाइकल र स्कुटरमा पनि क्षति पुगेको छ ।

सबैभन्दा धेरै सडक विभागमा ६५ वटा साना गाडी तथा बसहरू जलेका छन् । त्यस्तै, शहरी विकास तथा भवन निर्माण विभागमा २०० वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् ।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ४७ वटा साना गाडी तथा बस र ७४ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् । अर्थमन्त्रालयमा ३६ वटा साना गाडी तथा बस र ५४ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् ।

गृहमन्त्रालयमा २५ वटा साना गाडी तथा बस र ३० वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ९ वटा साना गाडी तथा बस र ३० वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ३३ वटा साना गाडी र २ वटा बसमा क्षति पुगेको छ । त्यस्तै, ३६ वटा मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेका २६ वटा वटा साना गाडी तथा बस र ४७ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् भने युवा तथा खेलकुद मन्त्रालयमा १९ वटा साना गाडी तथा बस र २३ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् ।

संघीय संसद् भवनमा रहेका १८ वटा साना गाडी तथा बस र ३६ वटा मोटरसाइकल तथा स्कुटर जलेका छन् ।

सर्वोच्च अदालतमा रहेका ५१ वटा वटा साना गाडी तथा बसमा क्षति पुगेको छ भने त्यहाँ रहेका कति वटा मोटरसाइकल तथा स्कुटर जले भन्ने कुरा गन्न नसकिने अवस्थामा रहेका छन् ।

त्यस्तै, सडक विभागमा जलेका मोटर साइकल तथा स्कुटर पनि गन्न नसकिने अवस्थामा रहेको छ ।

कुन निकायमा कति सवारी साधनमा भयो क्षति?

Facebook Comments

Read Previous

जेन जी आन्दोलनको असर: बिना बर्दी नागरिक सेवामा प्रहरी

Read Next

जेनजी आन्दोलन: सिभिल अस्पतालमा हालसम्म ६ जनाको मृत्यु, ४०८ जना डिस्चार्ज, ६१ जनाको शल्यक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar