
काठमाडौं । सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई राष्ट्रिय झण्डा ओडाएर अन्त्येष्टी गर्ने समेत निर्णय भएको छ । साथै ज्यान गुमाउनेहरुलाई शहिद घोषणा गर्ने निर्णय भएको छ ।
जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका छन् ।
Facebook Comments