
काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका छन् ।
पदभार ग्रहण गर्दै मन्त्री घिसिङले लामो समयदेखि विवादित बक्यौता उठाउने निर्णय गरेका हुन् ।
उद्योगी र प्राधिकरणबीच विवाद चलिरहेका कारण बक्यौता उठाउन सकिएको छैन् । उद्योगीसंग सरकारले करिब ७ अर्ब रुपैयाँ बक्यौता उठाउने निर्णय यस अघि नै भएको छ । विद्युत प्राधिकरणले बक्यौता उठाउन सकेको छैन् । साथै घिसिङले प्राधिकरणको अन्य सबै बक्यौता उठाउने निर्णय गरेका छन् ।
घिसिङले प्राधिकरणलाई उक्त निर्देशन दिएका छन् । ऊर्जामन्त्री प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ ।
अन्तरिम सरकारको मन्त्रिपरिषदमा आज तीन मन्त्रि नियुक्ती भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार आफ्नो मन्त्रिपरिषदमा तीन जनालाई हालका लागि नियुक्त गर्ने निर्णय गरेकी थिइन् ।
घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।