Nepal Purbadhar

गृहमन्त्री अर्यालले गरे पद बहाली


काठमाडौं । नवनियुक्त गृहमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् ।

शीतल निवासमा शपथ ग्रहणपश्चात उनले सिंहदरबारमा गइ पदभार ग्रहण गरेका हुन् ।

उनी गृहका साथै कानुन मन्त्रीका रूपमा नियुक्त भएका छन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अर्याललाई गृहमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारी सुम्पिएकी हुन् ।

उनी कानुनी वकालतको क्षेत्रमा चर्चित व्यक्ति हुन् ।

अर्यालसँगै आज अन्तिरम सरकारको मन्त्रिपरिषद विस्तार हुँदा कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रीका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री र शहरी विकास मन्त्रीका रूपमा नियुक्त भएका छन् भने रामेश्वर खनाल अर्थमन्त्रीका रूपमा नियुक्त भएका छन् ।

Facebook Comments

Read Previous

अर्थमन्त्री खनालले गरे पदभार ग्रहण

Read Next

अर्थमन्त्रीले गरे पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar