Nepal Purbadhar

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै हुने


काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले पठनपाठन कार्य स्थगित गरी कार्तिक ११ गतेदेखि मात्र सुरु गर्ने जनाएको छ।

विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुलुकभर देखिएको असामान्य अवस्थाका कारण भदौ २९, ३० र ३१, असोज १, २ र ५ साथै कार्तिक ९ गतेसम्मका सबै कक्षा बन्द गर्ने निर्णय गरिएको जनाएको छ। यी दिन कटौती भई हिउँदे बिदामा समायोजन गरिने विश्वविद्यालयले स्पष्ट पारेको छ। कार्तिक ११ गतेदेखि नियमित पठनपाठन हुनेछ ।

हालैको जेनजी आन्दोलन र त्यसपछि बनेको परिस्थितिका कारण देशभर शिक्षण प्रक्रिया प्रभावित बनेको छ।

त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै

Facebook Comments

Read Previous

नयाँ सरकारको नेतृत्वका लागि आज जग्गी अड्डामा वार्ता, कस्तो बन्दैछ सरकार ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar