Nepal Purbadhar

काठमाडौंमा राती १० बजेसम्मका लागि कर्फ्यु जारी , कहाँ कहाँ भयो कर्फ्यु जारी ?


काठमाडौं । जेनजीको प्रदर्शन नियन्त्रण बाहिर पुगेको भन्दै जिल्ला प्रशासनले प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले साढे १२ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको हो । राती १० बजेसम्म कर्फ्यु जारी हुनेछ ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्दै संसद भवनभित्रसमेत पुगेसँगै स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गर्ने निर्णय भएको बताइएको छ ।

नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

Facebook Comments

Read Previous

पोखरामा जेनजीको प्रदर्शनमा विद्यालय पोशाकमै विद्यार्थी सहभागी

Read Next

प्रदर्शनकारी संसद् भवन छिरेपछि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar