
काठमाडौं । आज ‘२२ औं निजामती सेवा दिवस २०८२’ मनाइँदै छ ।
व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ २२ निजामती सेवा दिवस मनाइँएको हो । ।

सो अवसरमा आज सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको हो ।

नेपालमा पहिलो पटक वि.स २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
Facebook Comments