Nepal Purbadhar

काठमाडौं उपत्यका प्रहरी कार्यालयको शान्त तथा अवरोधमुक्त छिमेकी अभियान, राती आवाज गर्नेदेखि बिहान शान्ति कायम नगरेमा तीन लाखसम्म जरिवाना


काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरू गरेको छ ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै यो अभियान सुरु गरेको जानकारी दिएको हो ।

उक्त अभियानमा विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनी प्रदुषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनी प्रदुषणका कारण खास गरी गर्भवती महिला, मुटुरोगी तथा वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकरात्मक असर पर्नुका साथै सर्वसाधारणको सामाजिक, आर्थिक क्रियाकलाप र नैतिक मूल्य मान्यतासमेत प्रभावित हुने भएकाले त्यसलाई बन्द गर्ने अनुरोध गर्दै सूचना जारी गरेको छ ।

कार्याले रातीको समयमा फोनमा कुरा गर्दा होस वा गफगाफ गर्दा वा पार्टीलगायत गर्दा अनावश्यक आवाज नगर्ने, बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने खकार्ने तथा गेट खोल्दा वा अन्य क्रियाकलाप गर्दा आवाज कम गरेर बिहानको शान्ति कायम राख्ने, राती अबेर शौचालयमा प्लस गर्दा ध्वनी कम गर्न तथा अन्य घरेलु क्रियाकलापमा सचेत बन्नेलगायतका कुराहरू पालना गर्न अनुरोध गरेको छ । साथै, धार्मिक वा सांस्कृतिक क्रियाकलाप गर्दा पनि ध्वनी नियन्त्रण गर्दै सचेत बन्न तथा चुरोट वा फोहोर जलाएर छिमेकमा धुवाँ र वातावरण प्रदुषण नगर्न, कुहिने र नकुहिने फोहोर समुचित व्यवस्थापन गर्न, जथाभावी फोहोर नफ्याक्न, प्रेशर हर्न वा मोडिफाई गरी ठूलो आवाज निकालेर सवारी साधन नचलाउनेजस्ता नियम पनि पालना गर्न अनुरोध गरेको छ ।

यदी कुनै व्यक्तिले वा संस्थाले ध्वनी प्रदुषण गरेमा सम्बन्धित निकालयले त्यस्ता व्यक्ति वा संस्थामाथि उक्त कार्यमा बन्देज लगाएर तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने समेत प्रहरीले जनाएको छ ।

यस्तो छ प्रहरीको सूचना

Facebook Comments

Read Previous

निरन्तर बढेको सुनको मूल्यमा लाग्यो ब्रेक, चाँदीको मूल्य कति?

Read Next

प्राधिकरणमा ऊर्जामन्त्री खड्काको अनावश्यक हस्तक्षेप: सहसचिव पठाएर हेर्न लगाइयो पीपीए र ठूला ठेक्काका फाइल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar