Nepal Purbadhar

इन्द्रजात्राको तयारी धमाधम (तस्बिर समाचार)


काठमाडौं । यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ। कुमारी घर, गद्दी बैठक, माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सरसफाइ, रातो झल्लर र कपडा फेर्ने तथा रङ्गरोगन गर्ने काम भइरहेको छ ।

यसै जात्रामा निस्कने लाखेको ख्वापा (मुकुट), गणेश, भैरवका तथा कुमारीको रथलाई पनि तयार पार्ने काम भइरहेको छ। इन्द्रजात्राको मुख्य दिनमा राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

होटेल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिने तयारी सरकारले गरेको छ: ऊर्जामन्त्री खड्का

Read Next

केन्द्र सरकारले लागु गर्न नसकेको नि:शुल्क उपचार काठमाडौं महानगरले गर्‍यो, २०४ जनाले लिए सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar