Nepal Purbadhar

ओपनएआईले भारतमा १ गिगावाट क्षमताको डाटा सेन्टर खोल्ने


काठमाडौं । विश्व प्रख्यात एआई च्याटबट च्याटजीपीटीको मुल कम्पनी ओपनएआईले भारतमा डेटासेन्टर खोल्ने तयारी गरेको छ ।

ब्लुमबर्ग न्युजकाअनुसार ओपनएआईले भारतमा कम्तीमा एक गिगावट क्षमताको डाटा सेन्टर खोल्ने तयारी गरेको हो । कम्पनीले भने यो विषयमा कुनै पनि किसिमको प्रतिक्रिया जनाएको छैन ।

माइक्रोसफ्टको समेत लगानी भएको ओपनएआई हालसालै भारतमा दर्ता भएर स्थानीय जनशक्तिसहित टिम पनि बनाइरहेको छ । अगस्टमा यो कम्पनीले २०२५ को अन्त्यसम्ममा भारतमा नै आफ्नो कार्यालय खोल्ने समेत बताएको थियो । विश्वकै दोस्रो धेरै प्रयोगकर्ता रहेको बजारमा पुग्ने गरि ओपनएआईले भारतमा आफूलाई स्थापित गर्न खोजिरहेको छ ।

सोही क्रममा कम्पनीले भारतमा डाटा सेन्टर पनि खोल्ने तयारी गरेको छ । ब्लुमबर्गकाअनुसार एसियाली मुलुकमा यो डाटा सेन्टरको निर्माण हुनुले एआई पूर्वाधारमा एउटा महत्वपूर्ण कदमको सुरूवात गर्नेछ ।


Read Previous

अगस्टमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए, गत वर्षभन्दा २२ प्रतिशत बढी

Read Next

ठमेलका रेस्टुरेन्टमा महानगरको खाद्य अनुगमन, यस्तो भेटियो अवस्था?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar