Nepal Purbadhar

एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता गर्न थाल्यो इमेज सहकारीले


इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख मूनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । बागलुङका एक लाखमूनि बचत रहेका ६ सय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेका सहकारीले पोखरा शाखाका १५८ जनाको रकम फिर्ता गर्न सुरु गरेको हो ।

सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले पोखरा शाखामा ५२४ जनामध्ये १५८ जना बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको जानकारी दिए । उनीहरुलाई क्रमशः रकम फिर्ता गर्ने कार्कीले बताए । एक लाखभन्दा बढी बचत रहेको बचतकर्ताको हकमा भने बागलुङ, पोखरा, चितवन र काठमाडौंमा चलनचल्लीको मुल्यको घर घडेरी उपलब्ध गराउने उनको भनाइ छ ।

समितिले पर्वतको मिना ग्रुप प्रालिसँग सहकार्य गरी बचतकर्ताको रकम फिर्ता गरेको हो । बचतकर्ताको रकम फिर्ता गरेवाफत् सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमतीको नाममा रहेको सम्पूर्ण घरजग्गा प्रालिलाई हस्तान्तरण गर्ने सम्झौता भएको समितिका संयोजक कार्कीले बताए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

यामाहा नेपालद्वारा गोरखामा नयाँ ‘थ्रि एस’ शो रुमको उद्घाटन

Read Next

धरानका मेयर साम्पाङ काठमाडौं आउँदा स्वागतमा समर्थकले निकाले मोटरसाइकल र्‍याली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

Nothing found

Nepal Purbadhar