Nepal Purbadhar

अमेरिकी अदालतले ट्रम्प प्रशासनले लगाएको करलाई भन्यो ‘गैर-कानुनी’


काठमाडौं । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका करलाई गैर-कानुनी भएको बताएको छ ।

संघीय आदेशका लागि अमेरिकी पुनरावेदन अदालतले एक फैसलामार्फत ट्रम्पले यी कर लागु गर्न सहारा लिएका कानुनहरूले उनलाई यस्तो गर्ने अधिकार नदिने बताएको छ ।

ट्रम्पले विभिन्न देशमाथि कर लगाउनका लागि आपत्तकालीन आर्थिक शक्ति ऐनको प्रयोग गरेका थिए । तर अदालतले भने उनले यो कानुनमार्फत उक्त अधिकारको प्रयोग गर्न नपाउने र त्यस्तो व्यवस्था गर्न नमिल्ने भन्दै उनले चालेको कदमलाई ‘कानुन विपरीत र अवैध’ भएको बताएको छ ।

अदालतले ट्रम्पले चालेको व्यवस्थाको विपरीत फैसला गरेको भएतापनि उक्त फैसला अक्टुबरसम्म लागु गर्नबाट रोक लगाएको छ । ट्रम्पलाई सर्वोच्च अदालतमा अपिल गर्नका लागि समय दिँदै अदालतले यस्तो फैसला गरेको हो ।

ट्रम्पले चीन, क्यानडा, मेक्सिको, भारतलगायतका विभिन्न देशहरूमाथि कर बढाउने भन्दै पछिल्लो समय व्यवस्था गरेका थिए ।


Read Previous

आर्शिवाद दाल मिलले एक वर्षमा गर्‍यो ८५ करोडबढीको व्यापार

Read Next

नेपालमा पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, विश्वमै आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar