Nepal Purbadhar

सवारी साधनमा लगाइने इम्बोस्ड नम्बरप्लेट के हो ?


सबै किसिमका सवारी साधनलाई व्यवस्थित गर्न प्रचलनमा ल्याइएको प्रविधिमा आधारित नम्बर प्लेटलाई इम्बोस्ड नम्बर प्लेट भनिन्छ । यो धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिने प्रणाली हो । अहिले सवारीसाधनमा प्रचलनमा रहेकोभन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ ।

प्लेटको लेभलभन्दा अक्षरको लेभल माथि उठेकाले इम्बोस्ड भनिने यस्तो नम्बरप्लेट आधुनिक र सुरक्षित मानिन्छ । इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन नम्बर’ रहन्छ । यसले कति नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा रहेको छ भन्ने पत्ता लगाउँछ । यसले सवारी साधनको दुरुपयोग, चोरीलगायतका कार्य नियन्त्रणमा सहयोग पुग्छ ।

Facebook Comments

Read Previous

नेपालमा कोलगेटको वितरण गर्ने काठमाडौं मार्केटिङले ९ महिनामा गर्‍यो ४ अर्ब ५३ करोडको कारोबार

Read Next

महानगरपालिकाले गर्‍यो वसन्तपुर र इन्द्रचोकमा अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar