
काठमाडौं । उद्यमी र उद्यमशिलतासम्बन्धि रियालिटी शो शार्क ट्यांक नेपालका एक शार्क आनन्द कुमार अग्रवाल (बगरिया) को कम्पनी निम्बस नेपाल प्रालिले एक वर्षमा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।
बगरियाको कम्पनीले २०२४ मा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।
२०२३ मा उक्त कम्पनीले १ अर्ब ५८ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो भने २०२२ मा कम्पनीको व्यापार १ अर्ब ७८ करोड रुपैयाँको कारोबार गरेको थियो ।
२०२१ मा १ अर्भब ७६ करोड १० लाख रुपैयाँको कारोबार गर्न सफल निम्बस नेपालको २०२० मा भने १ अर्ब ३२ करोड २० लाख रुपैयाँको व्यापार भएको छ ।
सन् २०१४ मा स्थापित निम्बस नेपाल प्रालि मुख्य गरि जनावरको दानाको बिक्री वितरण तथा मकै र गेडागुडिको कारोबारमा संलग्न रहेको छ । यो कम्पनीले स्वदेशी तथा अन्तराष्ट्रिय बिक्रेताबाट कच्चा पदार्थ ल्याएर त्यसमा कमा गर्ने गरेको छ ।
बगरिया कार्यकारी निर्देशकका रुपमा रहेको यो कम्पनीमा निम्बस होल्डिङ प्रालि र बगरियासँग सेयर स्वामित्व रहेको छ ।
हालका लागि भने यो कम्पनीले ७० करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका रेटिङ गराएको छ । इक्रा नेपालले यो कम्पनीलाई उक्त रकमका लागि ए फोर रेटिङ दिएको छ ।