
default
काठमाडौं । छिमेकी देश चीनसँग जोडिने धुन्चे श्याफ्रूबेशी सडकखण्ड अन्तर्गत सानोभार्खु स्थित बाह्र घुम्ती सडक सो बाटो भएर यात्रा गर्नेहरूका लागि आकर्षक सडकको रुपमा रहेको छ ।

आकर्षक बाह्र घुम्ती सडक रहेको हुनाले अहिले यात्रुहरुले फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने समेत गरेको पाइन्छ ।
सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काँही पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको स्थानीयले बताए ।

सोही सडक हुँदै नेपाल चीन सिमा रसुवागढी र लाङटाङ उपत्यका पुगिन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


