
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा ऊर्जाशील कर्मचारी संघ गठन भएको छ ।
विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीहरुको साउन २९ गते बसेको भेलाले इन्द्र प्रसाद न्यौपानेको संयोजकत्वमा नेपाल विद्युत प्राधिकरण ऊर्जाशील कर्मचारी संघ दर्ता तथा सञ्चालन गर्ने प्रयोजनका लागि सर्वसम्मतले ३६ जनाको कमिटी बनेको छ । जसमा दुई जना थप संस्थापक सल्लाहकार समिति छ ।
यसअघि प्राधिकरण कर्मचारी संघमा आवद्ध उल्लिखित ३६ सदस्यले साउन २७ गते सामूहिक राजीनामा दिएका थिए । कर्मचारी संघको नेतृत्व तानाशाही शैलीमा अघि बढेको, सामूहिक हितको मुद्दा छाडेर प्राधिकरण व्यवस्थापनसँग व्यक्तिगत लाभका लागि अघि बढेको, संगठनमा आन्तरिक गुट बनाएको जस्ता आरोप लगाउँदै उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए ।

