Nepal Purbadhar

प्रधानमन्त्रीले उद्घाटन गरे फ्लाइङ कार, देखाए चासो


काठमाडौं । नाडा अटो शो २०२५ को विशेष आकर्षणका रुपमा रहेको फ्लाइङ कारको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन तथा अवलोकन गरेका छन् । उनले ‘दिपल फ्लाइङ ट्याक्सी’ प्रति विशेष रुचिसमेत देखाएका छन् ।

मंगलबारबाट सुरु भएको नाडा अटो शोको उद्घाटन समेत गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको विशेष आकर्षण फ्लाइङ कारको पनि अनावरण गर्दै अवलोकन गरेका छन् ।

चीनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी चांगन अटोसँग नेपाली कम्पनी एमएडब्लु वृद्धिले सहकार्य गरि बनाएको इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) ट्याक्सी शनिबार नेपाल आएको हो ।

‘दिपल फ्लाइङ ट्याक्सी’ हेर्न प्रदर्शनीमा धेरैको भीड लागेको छ ।


Read Previous

नाडा अटो शो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने: निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ छैन

Nepal Purbadhar