
काठमाडौं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको छ ।
भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले असोज १ गतेबाट अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको हो ।
मन्त्रालयमा साउन २० गते बसेको बैठकले इम्बोस्ड नम्बर जडान गर्नुपर्ने निर्णय गरेको थियो । भौतिक पूर्वधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिव सहभागी विषयगत समितिको बैठकले उक्त निर्णय गरेको थियो ।
मन्त्रालयले निर्णय गरेसँगै मंगलबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको हो । विभागले सम्बन्धित यातायात कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएको छ ।
सूचनामा भनिएको छ,’असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएकाले सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयहरूमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ ।’
