Nepal Purbadhar

नाफामा भएको प्राधिकरणले किन लियो ५ अर्ब ऋण ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय वाणिज्य बैंकबाट ५ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।

प्राधिकरणले ५.३९ प्रतिशत ब्याजदरमा ऋण लिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ५ अर्ब रुपैयाँ ऋण लिएर निर्माण व्यवसायीको भुक्तानी दिन थालेको बताए ।

प्राधिकरणले गत आर्थिक वर्षमा ९ अर्बको नाफा गरेको छ । गत आव २०८१/०८२ मा ९ अर्ब ७ करोड रुपैयाँको मात्रै नाफा भएको प्राधिकरणले जाएको छ ।

आइतबार प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गत आवमा प्राधिकरणले कर अघि ९ अर्ब ६ करोड ७० लाख रुपैयाँको नाफा गरेको जानकारी दिइएको हो । यसअघि २०८०/०८१ मा प्राधिकरणको नाफा १० अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।

९ अर्ब रुपैयाँभन्दा बढी नाफा भएको प्राधिकरणले किन लियो ऋण?

प्राधिकरणका प्रबन्ध निर्देशक शाक्यले प्रसारण प्रणाली र वितरण प्रणालीमा ठूलो रकम आवश्यक भएको र सरकारले दिने बजेट समेत घटिरहेकाले ऋण लिएर काम गर्न लागेको बताए ।

हितेन्द्र देव शाक्य प्राधिकरणको नेतृत्व सम्हाल्न आएपछि ऋण लिने निर्णय गरेका थिए । प्राधिकरण सञ्चालक समितिले मन्त्रिपरिषदबाट स्वीकृति लिएर ऋण लिएको हो ।


Read Previous

पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस नोमिनिज सार्वजनिक

Nepal Purbadhar