
तस्बिर:रेडियो रसुवा
काठमाडौं । रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा १२ जना घाइते भएका छन् ।
बस पासाङल्हामु राजमार्गको उत्तरगया-५ लहरेपौवामा दुर्घटना भएको हो । बा ४ ख ८४३५ नम्बरको बस सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। घाइतेहरुको तत्काल उद्धार गरी जिल्ला अस्पताल त्रिशुली पठाइएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।