
काठमाडौं । धुलिखेलस्थित होटल सारथी प्रालिले एक वर्षमा १० करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।
२०२४ मा होटल सारथीले १० अर्ब ६० लाख रुपैयाँको कारोबार गरेको हो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कारोबार रकममा ६१ प्रतिशतले बृद्धि भएको हो ।
यसअघिका वर्षहरुमा २०२३ मा कम्पनीले ६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो भने २०२२ मा ५ अर्ब २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
२०१४ मा खुलेको होटल सारथी २.९३ एकड जमिनमा ७५ कोठासहित सञ्चालन भइरहेको छ । यो कम्पनीको बोर्डमा कार्यकारी अध्यक्षका रुपमा प्रल्हाद प्याकुरेल रहेका छन् भने महाप्रबन्धकका रुपमा ध्रुव शर्मा रहेका छन् ।
कम्पनीको व्यापारमा बृद्धि भइरहँदा पिबिआइएलडिटी मार्जिनमा पनि सुधार देखिएको छ । २०२२ मा १६.४८ प्रतिशत रहेको कम्पनीको मार्जिन २०२३ मा २८.९३ प्रतिशत कायम भएको थियो । २०२४ मा भने कम्पनीको मार्जिनमा थप बृद्धि भएर ४०.५६ प्रतिशत कायम भएको छ ।
हालका लागि यो कम्पनीले ६० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमध्ये रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ५९ करोड रुपैयाँका लागि बि प्लस र १ करोड रुपैयाँका लागि ए फोर रेटिङ दिएको छ ।