Nepal Purbadhar

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज विश्वासको मत लिदै


काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्य मन्त्री इन्द्र बहादुर बानियाँले प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।

मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभामाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र एमालेका ६४ जना प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । साउन २० गते बहादुर सिंह लामालाई हटाएर उनी मुख्यमन्त्री बनेका हुन् । सत्ता रुढ दलहरु नेपाली कांग्रेस र एमालेले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन ह्‍विप जारी गरिसकेका छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।


Read Previous

१०६ मेगावाटको जगदुल्ला जलविद्युत बनाउन १२ अर्ब १८ करोडमा जेसीई/एएनकेसंग सम्झौता

Read Next

१७ प्रतिशत बजार हिस्सा ओगटेको यति एयरलाइन्सले ९ महिनामा कमायो ४ अर्ब ११ करोड रुपैयाँ 

Nepal Purbadhar