
एजेन्सी । चिनियाँ नियामक संस्था मिनिस्ट्री अफ इन्डस्ट्री एन्ड इन्फर्मेशन टेक्नोलोजी (MIIT) ले आफ्नो नयाँ सवारी साधन उत्पादन सूचीमा बिवाईडीको याङवाङ यु९ ट्रयाक एडिसन इलेक्ट्रिक सुपरकारका विवरण सार्वजनिक गरेको छ।
यो मोडल शुद्ध इलेक्ट्रिक स्पोर्ट्स कारको रूपमा वर्गीकृत गरिएको छ । चारवटा ह्विलमा अलग–अलग५५५ किलोवाट क्षमताका मोटर जडान गरिएको छ। संयुक्त रूपमा यसको पावर आउटपुट २२२औ किलोवाट (करीब ३०१९ मेट्रिक हर्सपावर) पुग्छ । अधिकतम गति ३५० किमी/घण्टा रहेको छ।
। तुलनात्मक रूपमा अहिले बजारमा रहेको U9 मोडलको कुल पावर ९६० किलोवाट छ । यसको मूल्य करिब १६.८ लाख युआन (लगभग २३१,००० अमेरिकी डलर) छ।
डिजाइन र सुविधाहरू
ट्र्याक एडिसनको बाह्य डिजाइन प्रायः अहिलेको मोडलसँग मिल्दोजुल्दो छ, जसमा रातो रंगको पेन्ट र ग्लोस ब्ल्याक स्टाइलिङ प्याकेज देखाइएको छ। स्ट्यान्डर्ड सुविधामा २०-इन्चका ह्विल (325/35 R20 टायर), कार्बन–फाइबर छाना, स्थिर ठूलो कार्बन–फाइबर रियर विङ, र एरोडाइनामिक प्रदर्शन सुधारका लागि एडजस्टेबल ब्लेडसहितको रियर डिफ्युजर समावेश छन्। फाइलिङमा वैकल्पिक रूपमा स्ट्यान्डर्ड वा एन्हान्स्ड कार्बन–फाइबर फ्रन्ट स्प्लिटर र इलेक्ट्रिक रियर विङ पनि सूचीबद्ध छन्।

यसको लम्बाइ ४९६६ वा ४९९१ मिमि चौडाइ २०२९ मिमि र उचाइ १३११ वा १३५१ मिमि छ, भने ह्विलबेस २९०० मिमि छ।
अहिलेको मोडलमा ८० किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग भएको छ, जसले सिएलटिसी मापदण्डअनुसार ४५० किमी दायरा प्रदान गर्छ। यसमा अधिकतम ५०० किलोवाट डिसी फास्ट चार्जिङ सुविधा छ, जसले करिब १० मिनेटमा ३०% बाट ८०% चार्ज पुर्याउन सक्छ।
अगाडिको सस्पेन्सन डबल–विशबोन र पछाडिको मल्टि–लिङ्क डिजाइनमा आधारित छ, जसलाई बिवाईडीको को डिसस एक्स इन्टेलिजेन्ट बडी कन्ट्रोल प्रणालीले समर्थन गर्छ। यस प्रणालीले तीन-पाङ्ग्रे ड्राइभिङ वा सिङ्क्रोनाइज्ड बडी मुभमेन्टजस्ता उन्नत प्रदर्शनहरू सम्भव बनाउँछ।