
काठमाडौं । बुढीगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अरुण रजौरिया नियुक्त भएका छन् ।
बिहिबार खुल्ला प्रतिस्पर्धाबाट उनी सीईओ बनेका हुन् । घोराही-८ दाङ घर भएका रजौरिया हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडमा डेपुटी सीईओको रुपमा कार्यरत थिए ।
यो कम्पनीले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न लागेको छ ।