Nepal Purbadhar

एथर रिज्टा इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक, मूल्य ३ लाख ८३ हजार


काठमाडौं । बहुप्रतिक्षित एथर रिज्टा इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ। बुधबार राजधानीमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा एथर इनर्जीको यो नयाँ मोडल सार्वजनिक गर्दै बिक्री सुरु गरिएको हो ।

नेपालमा एथर स्कुटरको आधिकारिक वितरक वैद्यज् इनर्जीले सुरुमा एथर रिज्टाको टप भेरियन्ट बजारमा ल्याएको छ। यसको मूल्य ३ लाख ८३ हजार ५ सय रुपैयाँ तोकिएको छ।

३.७ किलोवाट क्षमताको ब्याट्री जडित यो स्कुटरले एकपटकको फुल चार्जमा १२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यसको अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ।

एथर रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरसहित वर्गकै सबैभन्दा ठूलो सिट दिइएको छ। स्कुटरमा ‘जिप’ र ‘स्मार्ट’ नामक दुई राइड मोड उपलब्ध छन्।

अन्य विशेषताहरूमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न-बाई-टर्न नेभिगेसन, गुगल म्याप इंटीग्रेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४ लिटरको विशाल अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन र डिस्क ब्रेकजस्ता सुविधा समावेश छन्।

एथर रिज्टा नेपाली बजारमा नयाँ विकल्पको रूपमा आएको यो स्कुटर शहरी क्षेत्रका यात्रुहरूलाई लक्षित गरिएको छ। मोबिलिटी एक्स्पोको अवसरमा ग्राहकले यसको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।


Read Previous

इप्पानले सार्वजनिक गर्‍यो ‘पावर समिट, २०२५’ को लोगो, सोलारदेखि वायु उर्जासम्म समेटिए

Read Next

 कुलेखानीमा १०० मेगावाटको पम्प स्टोरेज निर्माण गर्दै प्राधिकरण, माग्यो अनुमति

Nepal Purbadhar