
काठमाडौं । यो पटकको नाडा अटो शोमा उड्ने कारदेखि रोबोर्ट प्रविधि समेत प्रदर्शनीमा राखिने भएको छ ।
नाडा अटो मोबाइल एशोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरीले उड्ने कारदेखि रोबोर्टसम्म प्रदर्शनीमा राखिने बताए । उनले आधुनिक प्रविधिहरु प्रदर्शनीमा राखिने बताए ।
चिनियाँ कम्पनीले उत्पादन गरेको युनिट्री रोबोर्ट प्रदर्शनीमा राखिनेछ ।
यो पटकको टाइटल स्पोनसर समेत युनिट्री रहेको छ ।

दिपालले उड्ने कार पनि देख्न पाइनेछ । संसारभर उड्ने कारको चर्चा पछिल्लो समय बढेको छ । एमएडब्लु वृद्धि अटो कर्प प्रालिले अत्याधुनिक विशेषतायुक्त विद्युतीय कार बिक्री गर्दै आएको छ । नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ ।
नाडा अटो शो २०२५ मा यसवर्ष स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे ‘युनिट्री (रोबोट्स’, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक डिपल ईभीटोल युएभी (Deepal eVTOL UAV), १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरूलगायत रहनेछन् ।