
तस्बिर: नेपाल फोटो लाइब्रेरी
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड समावेश भएको विषयमा छानबिन गर्न बनेको संसदीय समितिले सभामुख समक्ष प्रतिवेदन पेश गरेको छ ।
समितिले मंगलबार बिहान सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको हो । समितिले लामो छलफलपछि प्रतिवेदन तयार गरेर मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजिक एक कार्यक्रमका बीच सभामुख समक्ष प्रतिवेदन पेश गरेको हो ।

संसदीय समितिमा भने सोमबार रातभरको लामो छलफलपछि बिहान ४ बजे मात्रै प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । समितिबाट पारित भएको प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडालाई प्रमुख जिम्मेवारका रुपमा राखिएको छ ।
कुलिङ परियडबारे छानबिन गर्न बनेको संसदीय समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति तथा कांग्रेस सांसद सुशीला थिङ सदस्यका रुपमा रहेका छन् ।