Nepal Purbadhar

यातायात कार्यालय पुग्ने बाटो कै बिजोग


काठमाडौं । यातायात कार्यालय भन्नसाथ तपाईंको दिमागमा के आउँछ?

सरकारको यो संयन्त्रको काम यातायातसँग जोडिएर हुन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यो निकायको काम भनेको सवारी चालकलाई अनुमतिपत्र वितरण गर्नेदेखि सवारीसम्बन्धि अन्य कामहरु गर्ने हुन्छ । 

तर, यहि निकाय पुग्ने बाटो भने बिजोग छ । 

गौरिघाटस्थित चाबहिल यातायात कार्यालयभित्र जाने बाटोको अवस्था हाल झरि पर्न साथ हिलाम्मे बनेको छ । सुकेधाराबाट हाल गौरिघाटमा सरेको यातायात कार्यालय प्रवेशका लागि पछाडिपट्टिको बाटो भएर जानुपर्छ ।

बागमती कोरिडोरको बाटोसँगै रहेको यातायात कार्यालयको भवनमा प्रवेश गर्नका लागि पछाडि पट्टि रहेको पञ्चकन्या मार्ग हुँदै जानुपर्ने व्यवस्था गरिएको छ । उक्त पञ्चकन्या मार्गक बाटो भने झरिका कारण ठूला ठूला खाल्डासहित हिलाम्मे अवस्थामा छ । 

यातायात कार्यालय पुग्ने बाटोकै अवस्था यस्तो हुँदा यसले उक्त निकायलाई नै गिज्याइरहेको जस्तो देखिन्छ । 

पञ्चकन्या मार्गबाट यातायात कार्यालय छिर्ने बाटैमा केही फोटोकपि पसलहरु रहेका छन् । उक्त पसलहरुमा पनि मनपरी शुल्क सेवाग्राही सँग लिइन्छ । सरकारले नै छाप्ने १० रुपैयाँको टिकटका लागि ती पसलहरुमा २० रुपैयाँसम्म शुल्क लिइँदासमेत कुनै कारबाही हुन सकेको छैन ।

यसका साथै यातायात कार्यालयमा अनलाईनबाट भुक्तानी गर्ने व्यवस्था पनि छैन । कार्यालय हाताभित्रै रहेका निजी फोटोकपि पसलमा अनलाईन भुक्तानी दिएर नगद नै लिनुपर्ने हुन्छ । जसका लागि २५ रुपैयाँसम्म शुल्क लिइन्छ ।

सरकारी निकायको आखै अघि यस्तो भइरहँदा पनि कुनै कारबाही भने हुन सकेको छैन ।


Read Previous

मुआब्जा विवादका कारण पूर्व-पश्चिम रेलमार्गको काम सुस्त

Read Next

नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म: १९ चार पांग्रे ब्रान्ड, १२५ भन्दा बढी प्रदर्शक

Nepal Purbadhar