Nepal Purbadhar

मुआब्जा विवादका कारण पूर्व-पश्चिम रेलमार्गको काम सुस्त


काठमाडौं । सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त छ । धेरैजसो ठाउँमा मुआब्जा विवादका कारण काम रोकिएको छ । 

हालैमात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट अभावका कारण राष्ट्रिय गौरवको आयोजना पूर्व-पश्चिम रेलमार्ग निल्नु न ओकल्नु भएको बताएका थिए । राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सबलीकरण समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाको सम्बन्धमा यस्तो बताएका हुन् । 

करिब चार अर्ब खर्च गरेर पूर्व–पश्चिम रेलमार्गको डीपीआर बनाइएको छ । तर अन्य काम खासै अघि बढेको छैन । आयोजना शुरू भएको करिब एक दशकभन्दा बढी समय बितिसक्दा साढे ३ प्रतिशत काम भएको छ ।

पूर्वमा झापाको काँकडभिट्टादेखि पश्चिममा कञ्चनपुरको गड्डाचौकीसम्म पुग्ने ९२५ किलोमिटर लामो रेलमार्गमा अहिलेसम्म ३.४ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यही गतिमा काम भए रेलमार्ग पूरा हुन दशकौं लाग्न सक्ने देखिन्छ । 

हाल सञ्चालनमा रहेको नेपालको एकमात्र रेल सेवा जनकपुर-जयनगर रेल पनि घाटामा चलिरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

काइयीको ‘बबाल अफर’: एक्स थ्रि प्रो ईभीमा क्यास छुट

Read Next

यातायात कार्यालय पुग्ने बाटो कै बिजोग

Nepal Purbadhar