Nepal Purbadhar

ऐतिहासिक सौग सौग हिटी: सफाइ


काठमाडौं । १६औँ शताब्दीको ऐतिहासिक सौग हिटीलाई संरक्षण गर्ने उद्देश्यले आज मंगलबजारमा विशेष सफाइ अभियान सम्पन्न भयो।

रोटरी क्लब अफ न्यतपोलाको नेतृत्वमा आयोजित यो कार्यक्रममा ललितपुर महानगरपालिका (LMC), ललितपुर महानगर प्रहरी, सौगल टोल सुधार समिति, र मंगलबजार प्रहरी चौकीको सक्रिय सहकार्य रहेको थियो।

सिद्धि नरसिंह मल्लका भाई ऋद्धि नरसिंह मल्लद्वारा निर्माण गरिएको यो हिटी केवल पानीको स्रोत होइन, ललितपुरको सांस्कृतिक सम्पदाको ज्वलन्त प्रतीक हो।

कार्यक्रम संयोजक रोटेरियन प्रवीण महर्जनले चरणबद्ध रूपमा भएको सफाइ प्रक्रिया बारे जानकारी दिँदै भने—”पहिलो चरणमा पानी हटाउने काम गरियो, त्यसपछि खाँक्सी प्रयोग गरेर सफाइ, त्यसपश्चात पानी पम्पले पखाल्ने, अनि अन्तमा वातावरणमैत्री रंगले सजावट गरियो।”

कार्यक्रमपछि सहभागीहरूलाई खीर र आलु परिकारसहित आत्मीय भोजन गराइयो।

क्लब अध्यक्ष रोटेरियन विष्णुकान्त घिमिरेले कार्यक्रममा सम्बोधन गर्दै भने, “यस वर्ष हामी सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिनेछौं। यो हिटी सफाइ त्यसैको सुरुआत हो। हामी आगामी दिनमा अझ धेरै यस्ता कार्यक्रम ल्याउनेछौं।”

रोटरी क्लब अफ न्यतपोलाले यो अभियानमा साथ दिने सम्पूर्ण संस्था र स्वयंसेवकहरूलाई विशेष धन्यवाद दिंदै, यस्तो किसिमको सहकार्यले मात्र सम्पदाको संरक्षण र समुदायको जागरण सम्भव हुने स्पष्ट संकेत दिएको छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


Read Previous

सेटिङमा ठेक्का, पासपोर्टको अभावको जोखिम बढ्यो

Read Next

बीपी राजमार्ग बनाउन २.८ अर्ब अनुदान, यस्तो छ अहिले राजमार्गको अवस्था

Nepal Purbadhar