Nepal Purbadhar

वाईसीएलले बनायो मनोहरामा अस्थायी तटबन्ध


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा अस्थायी तटबन्ध लगाएको छ ।

‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान अन्तर्गत वाईसीएल नेपाल बागमती प्रदेश र विशेष सम्पर्क प्रदेशको संयुक्त आयोजनामा तटबन्ध लगाइएको हो ।

वर्षाको समयमा मनोहरा सुकुम्वासी बस्तीमा बाढी पसेर जनताले सास्ती पाएकाले डुवान रोक्न अस्थायी तटबन्ध लगाउने काम भइरहेको वाईसीएलको भनाइ छ ।


तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

नेपालमा पहिलो पटक साउथ एसिया बिजनेस समिट हुँदै

Read Next

प्रमोटर सेयर वर्गीकरणको सिडिएससी प्रस्तावप्रति सौर्य ऊर्जा उत्पादकको गम्भीर आपत्ति

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar