Nepal Purbadhar

प्राधिकरणका कार्यकारी निर्देशक शाक्य मधेशमा, सिंचाई ट्युबेलमा बिजुली दिने गरी पूर्वाधारमा काम गर्दै


काठमाडौं । लामो खडेरीका कारण सुक्खा संकटकाल घोषणा भएको मधेश प्रदेशमा विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक  हितेन्द्र देव शाक्यसहितको टोली मधेश प्रदेश पुगेको छ ।

कार्यकारी निर्देशक शाक्यले मधेश प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग छलफल अन्तरक्रिया गरी सुक्खा खडेरी परि देखिएको संकटमा आम सर्वसधारणलार्इ राहत हुने गरी सिंचाइ विद्युतीकरणमा के कसरी कार्य गर्न सकिन्छ भनि सुझाव लिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका विभिन्‍न जिल्लामा पाँच सय डिप ट्युबबेल जडान गर्ने घोषणा गरेको हुँदा उक्त ट्युबबेल सञ्‍चालनका लागि चाहिँने विद्युतीय पूर्वाधारको निर्माण के कसरी गर्न सकिन्छ भनि जानकारी लिएका थिए ।

सिंचाइ तथा खानेपानीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सारथी हुने तर त्यसको लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शाक्यले बताए । ‘हाम्रो कारणले यो संकटमा समस्या नआओस् भन्‍ने कुरामा सचेत रहेर नै आफै फिल्डमा पुगेर वास्तविकताको बारेमा जानकारी लिएको छु’, उनले भने ।


Read Previous

लाल पुर्जा नेपालद्वारा ‘होप अफ नेष्ट’ अभियानअन्तर्गत कोटेश्वरमा चराहरूको लागि सुरक्षित बासस्थान निर्माण

Read Next

सिडिएससीको नयाँ प्रस्तावप्रति इप्पानको आपत्ति, ऊर्जा विकासको मार्गचित्रमा गम्भीर असर पर्ने

Nepal Purbadhar